गोबिन्द केसीको सत्याग्रहमा कांग्रेस बीपीको ऐक्यबद्धता
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २० मंगलबार
357
Shares
काठमाडौं। नेपाली कांग्रेस (बीपी) ले डाक्टर गोबिन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ। स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनशनरत डाक्टर गोबिन्द केसी को जीवन रक्षा गर्न र यो अनशनलाई अन्तिम अनशन बनाउन कांग्रेस बीपीले सरकारसँग माग गरेको छ।
पार्टीका महामन्त्री तथा पूर्वमन्त्री सुशीलमान सेरचनद्वारा हस्ताक्षरित ऐक्यबद्धता पत्र बुझाउन महामन्त्री सेरचन र पुष्पराज पराजुली, पार्टी केन्द्रीय सदस्य गणेश पाण्डे, केन्द्रीय सदस्य तथा तरुण दल (बीपी) का अध्यक्ष प्रधुम्न कार्की, केन्द्रीय सदस्य तथा तरुण दल (बीपी) सह-अध्यक्ष रोमान पुरी गएका थिए ।
पार्टीका नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ, तरुण दल (बीपी) का केन्द्रीय सदस्यहरु कुमार लामा, देवेन्द्र पुरी महिला नेत्री मिना कुमारी भारती र पार्टी कार्यालय सचिव सुशीलराज वाग्ले लगाएतका नेता कार्यकर्ता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गई डाक्टर केसीको अनशनमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।
कोभिड-१९ का कारणले डाक्टर केसीलाई प्रत्यक्ष भेट्न नमिलेपनि केसीका सहयोगीहरु मार्फत ऐक्यबद्धता पत्र बुझाईएको सो पार्टीले जनाएको छ।