arrow

कोरोना बिमा: बिमितले रकम नपाउने सरकारी निर्णयबारे समितिलाई थाहा छैन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
bima_samiti.JPG

काठमाडौं । कोरोना बीमाको रकम बिमितले नपाउने र सोही रकमबाटै परिक्षण सुल्क एवं उपचार खर्च बेहोर्न पर्ने सरकारी निर्णयका विषयमा थाहा नभएको बीमा समितिले जानकारी दिएको छ । सरकारले यसअघि १९ असोजमा उक्त निर्णग गरेको भन्दै स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबार जानकारी गराएपनि त्यसबारेमा औपचारिक जानकारी नआएको बीमा समितिले बताएको हो । समितिका एक उच्च अधिकारीले सरकारले बीमा रकमबाटै परिक्षण र उपचार गर्नुपर्ने विषयमा समितिमा कुनै जानकारी नरहेको बताए । बीमा कम्पनीहरुको नियामक निकाय समितिलाई सरकारी निर्णय थाहा नभएको र बिमितले रकम पाइरहेका समितिका ती अधिकारीको भनाई छ । ‘कोट त किन गर्नुहुन्छ?’ ती अधिकारीले हाम्राकुरासँग भने, ‘समितिले मापदण्ड संशोधन गरेपछि क्याबिनेटले पनि विभिन्न निर्णयहरु गरेको छ भन्ने सञ्चार माध्यमहरुमा आए । तर, हामीलाई औपचारिक रुपमा कुनै जानकारी आएको छैन ।’

सरकारले बीमा रकमबाटै कोरोना परिक्षण सुल्क र उपचार खर्च गर्नुपर्ने व्यवस्था गरेसँगै बिमितले बीमा रकम नपाउने भएका हुुन् । यद्यपि भदौ २९ मा संशोधित मापदण्ड कार्यान्वयनमा आउनु भन्दा अघि बीमा गरेकाहरुले बीमा रकम पाइरहेका बीमा समितिले जानकारी दिएको छ । यसअघि बीमा समितिले साउन १ गते देखि कार्यान्वयनमा ल्याएको कोरोना बीमा मापदण्ड २८ भदौमा संशोधन गरेको थियो ।

पहिलो पटक साउन १ गते देखि कार्यान्वयनमा आएको कोरोना बीमा मापदण्डमा बिमितले दावी भुक्तानी गर्दा सरकारी प्रयोगशालामा मात्रै कोरोना परिक्षण गरेको हुनुपर्ने व्यवस्था गरिएको थियो । पछिल्लो समय सरकारले निजी प्रयोगशालालाई समेत कोरोना परिक्षणको अनुमति दिएपछि बिमितले निजी ल्याबमा कोरोना परिक्षण गरेर बीमा भुक्तानी दावी गर्न थालेका थिए । सोही विषय विवादित बनेपछि समितिले भदौ २९ देखि कार्यान्वयनमा आउने गरी निजी र सरकारी सबै प्रयोगशालामा कोरोना परिक्षण गरेको हुनुपर्ने प्रावधान समावेश गरेको हो । मापदण्ड संशोधन भएपछि बीमा गर्नेहरुले २५ प्रतिशत बीमा सुल्क र बाँकी क्वारेन्टाइन एवं उपचारको बिलको आधारमा बीमा रकम दावी भुक्तानी गर्न पाउने व्यवस्था मापदण्डमा उल्लेख गरिएको छ ।

पछिल्लो समय सरकारले बीमा रकमबाटै परिक्षण सुल्क र उपचार खर्च कटाउने निर्णय गरेकाले बिमितले बीमा मापदण्ड अनुसार समेत नपाउने भएका हुन् । यसअघि नेपाल सरकारले कोरोना महामारी भित्रिने भन्दै लकडाउन गरेपछि डेढ दर्जन बीमा कम्पनीहरुले कोरोना बीमा गर्न व्यापक प्रचार प्रसार गर्दै प्रेरित गरेका थिए ।
नेपालमा कोरोना महामारी नभित्रिने आँकलन गर्दै कोरोना बीमा गर्न प्रेरित गरेपनि पछिल्लो समय कोरोनाका विरामीको सँख्या उच्च भएपछि बीमा रकम भुक्तानीमा आनाकानी गरिरहेका छन् ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार करिब ७२ करोड रुपैयाँ भुक्तानीको प्रक्रियामै अल्झिएका छन् ।

समितिको तथ्यांक अनुसार १५ लाख भन्दा बढीले कोरोना बीमा गराएका छन् । सोमध्ये १ हजार २९ जनाले मात्रै कोरोना बीमाको रकम भुक्तानी पाएका छन् ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार भुक्तानी दावीको प्रक्रियामा रहेको रकम ७१ करोड ८० लाख रुपैयाँ रहेको तथ्यांक शाखा प्रमुख प्रमुख पूर्ण थापाले बताए ।

पछिल्लो समय भदौ अन्तिम सातादेखि शंसोधित मापदण्ड आर्यान्वयनमा आएपछि कोरोना बीमा गर्नेको दरमा कमी आएको समितिका अधिकारीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ