arrow

तरुण दलको प्रश्न –रोग, भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भैरहन्छ र ? 

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
jitjung-basnet-tarun.jpg

काठमाडौं । नेपाल तरुण दलले रोग, भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भइरहन्छ र ? भनी प्रश्न गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले प्रेस विज्ञप्ति गर्दै कोरोना भाइरसको महामारीबीच जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकार संविधान र सर्वोच्च अदालतको आदेश विपरीत जानु दुःखद भएको बताएका छन् । 

बस्नेतले गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि सरकारसँग आग्रह समेत गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा कोरोना भाईरसको संक्रमण शुरु भएदेखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्बबिदितै छ । तर सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ । यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ । यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ । सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ । आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निस्शुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ । अन्त्यमा फेरी पनि प्रश्न गर्न चाहान्छौ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?
                                                                                                                                                                                                                     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ