arrow

नेपाल टेलिकमद्धारा विकट ताक्सिन्दु र जुभुमा जीएसएम मोवाइल सेवा सञ्चालनमा

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
ntc-solu-bts.jpg

काठमाडौं। नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। गत असोज २९ गतेदेखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्ने टेलिकमले जनाएको छ। यसअघि उक्त क्षेत्रमा टेलिकमको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध रहेको थियो। टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको जानकारी दिएको हो।

लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा टेलिकमको छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने पनि उसको दावी छ। सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण शुरु गरेको जनाएको छ। 

त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको टेलिकमले बताएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले पनि सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ । 
यसका साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरिएको छ । कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्षदेखि केन्द्र सञ्चालनमा थिएन। 

ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज भन्दै टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवावापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सकिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ