arrow

सूर्यबहादुर केसीको निधनप्रति सांसद दिव्यमणी राजभण्डारीद्धारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
dibyamani-rajbhandari.gif

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले दुःख व्यक्त गरेका छन् । 

राजभण्डारीले आफ्ना मित्र केसीको निधनप्रति ज्यादै दुःख लागेको ट्वीटरमार्फत जनाएका छन् । उनले आफ्ना मित्र केसीको बैकुण्ठवासको कामना गरेका छन् । 

त्यस्तै उनले आत्मा शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । 

यसो लेखेका छन् राजभण्डारीले, ‘मेरा मित्र माननिय सुर्य बहादुर के।सी स्वर्गरोहन हुनु भएकामा 
 ज्यादै दुस्ख  लागेको छ। वहाका बैकुण्ठबास होस  र  आत्मा का चिरशान्ति का कामना गर्दछु। साथै वाहा का धर्मपत्नी, छोराहरु प्रकाश, किरण, रोशन तथा समस्त परिवारमा  समबेदना प्रकट गर्दछु ।भगवान ले सबै का रक्षा गरुन् ।’

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसी रहेनन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ