arrow

भारतद्वारा नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण

logo
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
Bishnu-poudel-Indian-ambas.jpg

काठमाडौं। नेपालका विभिन्‍न विकास परियोजना तथा विपद्‌ व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आइरहेको भारतले नेपालमा ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । यही सिलसिलामा पछिल्लो समय नेपालको आवास पुनर्निर्माण परियोजनाका लागि भारतले यसअघी प्रतिबद्धता जनाएको एक अर्ब सहयोग गरेका छन् । 

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई १ अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । दुई छिमेकी राष्ट्रबीचको मैत्री सम्बन्धमा थप बलियो हुने विश्वास व्यक्त गर्दै राजदूत क्‍वात्राले उक्त चेक सत्तारुढ दल नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण पछि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसँग छलफल गरेको समेत जानकारी दिदै राजदुत क्वात्राले ट्वी६ गरेका छन्। उनले भनेका छन्, 'आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ