भारतद्वारा नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
533
Shares
काठमाडौं। नेपालका विभिन्न विकास परियोजना तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आइरहेको भारतले नेपालमा ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । यही सिलसिलामा पछिल्लो समय नेपालको आवास पुनर्निर्माण परियोजनाका लागि भारतले यसअघी प्रतिबद्धता जनाएको एक अर्ब सहयोग गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई १ अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । दुई छिमेकी राष्ट्रबीचको मैत्री सम्बन्धमा थप बलियो हुने विश्वास व्यक्त गर्दै राजदूत क्वात्राले उक्त चेक सत्तारुढ दल नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण पछि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसँग छलफल गरेको समेत जानकारी दिदै राजदुत क्वात्राले ट्वी६ गरेका छन्। उनले भनेका छन्, 'आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको छ।"