arrow

गोरखामा गएरातिदेखि भीषण हिमपात

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
himpat-sulukhumbu.jpg

गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।” उनले  हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।
      
“मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, स्थानीयबासी लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।” 

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए । हिमपातका कारण  लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ