arrow

नेकपा मिलाउने शितल निवासको क्याप्सुल, बैठकबाटै बैठक सार्ने

प्रचण्डले बोलाएको सचिवालय बैठकमा ओली सहभागी हुने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २ मंगलबार
pm-prachanda-President-Bidhya-Bhandari-.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको सचिवालय बैठक रोक्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नमानेपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेका छन् । ओली निकटका नेताहरुले केही दिन बैठक रोकेर दुई अध्यक्षबीच छलफल गरl विवाद सुल्झाएर मात्रै बैठक राख्न सुझाव दिएपनि प्रचण्डले नमानेपछि उनी दोधारमा परेका हुन् । ‘ बैठक राखेर बैठक स्थगित गर्ने प्रस्तावमा ओली सहमत हुनसक्छन्’, वालुवाटार निकट स्रोतले भन्यो ‘भोलिको बैठकमा कुनै पनि विषयमा छलफल हुँदैन बैठक स्थगित भएको घोषणा गरे सकिने संभावना छ ।’

वालुवाटारमा ओली निकटका नेताहरुले तत्काल बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्न सुझाव दिएका थिए । तर प्रचण्डले बैठक स्थगित गर्ने भएपनि बैठकबाटै गरौ भनेपछि बुधबारको बैठकमा ओली पनि सहभागी हुने र सल्लाहबाटै बैठक स्थगित गर्ने कुराकानी अघि बढेको छ । स्रोतका अनुसार प्रचण्ड राष्ट्रपति कार्यालयबाट फर्केर खुमलटार पुगेपछि सहमतिमै बैठक स्थगित गरेर विवाद निरुपणको बाटो खोज्ने गरी कुराकानी भएको स्रोतको दावी छ । ‘भोलीको बैठक सहमतिमै बस्ने तथा प्रधानमन्त्री ओली पनि सहभागी हुनुहुनेछ । उहाँकै आग्रह बमोजिम बैठकबाटै बैठक केही दिन स्थगित हुनेछ’, खुमलटार निकट स्रोतले भन्यो। 

स्रोतका अनुसार बैठक स्थगित गरी प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई समानान्तररुपमा फकाउने समय पाउनेछन् । प्रचण्डलाई चुनावी सरकारको नेतृत्व गर्न दिने वा माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने विषयमा छलफल गरेर अहिलेको विवाद निरुपण गर्ने पक्षमा ओली पुगेका छन् । उनले माधव नेपाललाई यसअघि नै तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको भएपनि उनले मानेका थिएनन । त्यसपछि आगामी महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन दिएका थिए तर त्यो अस्वीकार गरेपछि प्रचण्डलाई एकल अध्यक्ष छाड्नुभन्दा माधव नेपाललाई अध्यक्ष दिएर भएपनि विवाद सुल्झाउने पक्षमा पुगेका छन् । ‘माधव नेपाललाई अध्यक्ष बनाउन सचिवालय बैठकमा प्रस्ताव गर्ने त्यसपछि स्थायी कमिटीबाट अनुमोदन गरेर केन्द्रीय कमिटीबाट पास गराएर प्रथम अध्यक्ष बनाइनेछ’, वालुवाटार स्रोतले भन्यो । तर माधव नेपाल यसरी मान्ने पक्षमा देखिदैनन । नेपालले महाधिवेशनबाटै अध्यक्ष पद लिने सोचमा रहेका छन् । ओली पक्षले भने अहिलेको विवाद जसरी पनि समाधान गरेर पाँच वर्ष सरकार सञ्चालन गर्ने पक्षमा रहेको छ । 

नेकपाभित्रको आन्तरिक विवाद बढ्दै गएपछि मंगलबार दिउसो पूर्व माओवादी समूहका केही नेताहरुले ओलीलाई भेटेर विवाद सुल्झाउन दबाब दिएका थिए । टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका नेताहरुले ओलीलाई भेटेर विवाद सुल्झाउन आग्रह गरेका थिए । उनीहरुले बैठकबाटै समस्याको समाधान खोज्न र बैठकअघि दुई अध्यक्षबीच घनिभूत छलफल गरी सहमति गर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ