arrow

प्रभुको लिलामै टिकिरहेको नेकपाः फेरि भयो चिनियाँ राजदूतको इन्ट्री 

कहाँ गयो यान्छीको कुटनीतिक मर्यादा ? कहाँ गयो राष्ट्रपति भण्डारीको नैतिकता ?

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ मंसिर ३ बुधबार
oli-prachanda-vidya-yanxi.jpg

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टिठ लाग्दो अवस्थामा पुगेको छ । २०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैभन्दा ठूलो र सबैभन्दा बढी मतसहित ठूलो संसदीय दल बनेर स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्ता संचालनको म्यान्डेट पाएको भए पनि नेकपाबीच निकै नै खटपट चलिरहेको छ । 

सत्ता र शक्तिको उन्मादमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष (तत्कालीन एमालेका अध्यक्ष) केपी शर्मा ओलीले अर्का अध्यक्ष (तत्कालीन माओवादीका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डलाई थिचोमिचोमा पारिरहेपछि अहिले सबैभन्दा ठूलो संकट आइलागेको हो । 

त्यतिमात्र हैन ओलीले तत्कालीन एमालेभित्रैका दुई पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालका साथै तत्कालीन एमालेका उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल लगायतलाई समेत पनि त्यत्तिकै हैसियतविहीन बनाउन खोजेपछि एमालेभित्रै ओलीको रवैयाप्रति चरम असन्तुष्टि छ । 

चिनियाँ राजदूत यान्छी कुटनीतिक मर्यादा नाघेरै मैदानमा

यति हुँदासमेत कुनै गल्ती महसुस नगरेका ओलीको पद र प्रतिष्ठा बचाउन फेरि पनि प्रभुकै लिला अपरम्पार देखिएको छ । नेकपामा जति जति बेला संकट आइलाग्छ त्यति नै बेला प्रभुले दर्शन दिएर समस्या समाधान गरेजस्तै फेरि एक पटक झुल्किएकी छिन् नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी । 

उनी बिना कुनै मर्यादा पालना गर्दै फेरि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छिरेर पार्टी फुटबाट बचाउन प्रयत्न गरिरहेकी छिन् । उनी मंगलबार मध्यरातमा ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओलीले दुई घण्टा यान्छीसँग छलफल गरेको बताइएको छ । यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८ः१० देखि १०ः१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी हुन् । 

प्रचण्डको कमजोरी चिनियाँ सरकार भएकाले पनि यान्छीले ओलीलाई भेटेसँगै प्रचण्ड फेरि पछाडि हट्ने संकेत आइसकेको छ । नेकपाको एकताका बेलादेखि नै सक्रिय हुँदै आएकी यान्छीले जति पटक नेकपामा संकट आइलाग्छ त्यति नै बेला आफ्नो मर्यादा बिर्सेरै भए पनि पार्टी फुटबाट जोगाउन अहम् भूमिका खेल्छिन् । 

नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत यान्छी यसैगरी सक्रिय भएकी थिइन् । 

सचिवालयमा ओली अल्पतमा परेपछि यान्छीले प्रचण्ड र माधव नेपालसँग अलगअलग भेटेर ओलीलाई सघाउन दबाब दिएकी थिइन् । यसैगरी असारमा पनि यान्छीले प्रचण्ड, नेपाल र खनालसँग भेट गरी विवाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।

पटक पटक हैसियत बिर्सदै राष्ट्रपति भण्डारी

एकातिर यान्छी र अर्कातिर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मर्यादा नै नाघेर नेताहरुलाई भेटेर पार्टी जोगाउन आग्रह गरेसँगै फेरि एकपटक नेकपाको संकट टर्ने अनुमान गरिएको छ । 

भण्डारीले यसअघि नेकपा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर पार्टीको विवाद मिलाउन निर्देशन दिएकी थिइन् भने मंगलबार अध्यक्ष प्रचण्डलाई नै बोलाएर पार्टी एकता जोगाइराख्न आग्रह गरेकी थिइन् । 

तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले प्रधानमन्त्री ओलीमाथि जति जति बेला नैतिक दवाव आउँछ त्यति नै बेला आफ्नो मर्यादा बिर्सेर बचाउने प्रयत्नमा लागेकी हुन्छिन् । 

भण्डारीले देशको राष्ट्रपतिको भूमिका निभाउनु त परै जावस् नेकपाभित्रका नेताहरुलाई समेत समान व्यवहार गर्न नसकेको आरोप लाग्ने गरेको छ । उनी केबल ओली गुटको राजनीतिबाट बाहिर जान नसकेको आरोपसमेत लाग्ने गरेको छ । 

यान्छीलाई भेटेपछि ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको जानकारीमा आएको छ । मध्यरातमा देशको प्रधानमन्त्री राष्ट्रपतिलाई कुन संकटमा भेट्न जान्छ ? के त्यसबारेमा जनताले थाहा पाउनु पर्दैन ? 

नेकपाका चार गुटसँग चिनियाँ दूतावासका चार मिटिङ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ