arrow

नेकपाको विवाद बढ्दै जाँदा चिनियाँ रक्षामन्त्री नेपाल आउँदै, सचिवालय वैठक प्रभावित हुनसक्ने

नेकपाको एकता र चिनियाँ सुरक्षा भ्रमणको एजेण्डा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
Chinese-defence-minister-We.jpg

काठमाडौं । नेपालमा भारतले सुरक्षा कुटनीति तथा भेटघाटलाई महत्व दिएर गतिविधी बढाएको बुझाइपछि अर्को छिमेकी मुलुक चीनले पनि रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका व्यक्तिलाई नेपाल भ्रमणका पठाउने तयारी गरेको छ । दुई वर्ष यता भारतसँग चिसिएको सम्बन्धमा केही सुधारिदै गएको महशुस भएको बेला चीनले आफ्ना उच्च अधिकारीहरुलाई नेपाल भ्रमणमा पठाउने तयारी गरेको हो । राजनीतिक स्रोतले जानकारी दिए अनुसार अहिलेको १० दिन भित्रै चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने भएका हुन् । उनी नेपाल भ्रमणमा आउनुमा कुनै एजेण्डा नभएपनि अचानक उनको नेपाल भ्रमण तय भएको हो । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादमा फसेको बेला उनको यसप्रकारको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । 

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र र केन्द्रीय सैन्य आयोगका प्रमुख हुन् । भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको अप्रत्यासित नेपाल भ्रमणपछि चिनियाँ राजदूत हाउ यान्छीले नेपालका सबै राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकी थिइन । त्यसपछि उनले नै चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण हुनसक्ने संभावना रहेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएकी थिइन । यद्यपि को आउने भन्ने बारेमा केही नबताएपनि उनले उच्च अधिकारी नेपाल भ्रमणमा आउनसक्ने बताएपछि नेपाल सरकारले पनि चासो लिएको थियो । बुधबार मात्रै परराष्ट्र मन्त्रालयमा यो विषयमा छलफल भएको थियो । सरकारले अझै पनि चिनियाँ रक्षामन्त्री आउने विषयमा आधिकारिक जानकारी दिइएको छैन । 

भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउदै छन् । त्यसको दुई दिनपछि नेकपाको सचिवालय बैठक तय भएको छ । यही बीचमा चिनियाँ रक्षामन्त्रीको आगमन हुँदा बैठक समेत प्रभावित हुने आँकलन गर्न थालिएको छ । मंसिर महिनामै स्थायी कमिटीको बैठक, केन्द्रीय कमिटी बैठक तय गरेको नेकपाभित्र आन्तरिक विवादले पार्टी एक ढिक्का रहने संभावना क्षीण रहँदै गएको छ । पार्टी एकताका लागि चीनले नै पहल गरेको आरोप लागिरहेका बेला विवाद उत्कर्षमा पुग्दा पनि चिनियाँ राजदूत र चिनिया उच्च अधिकारीहरुको चासोले त्यसलाई पुष्टि गर्न थालेको छ ।

नेकपालाई नजिकबाट बुझेका राजनीतिक विश्लेकहरु भने चिनियाँ राजदुत यान्छीले नेकपाको विवाद सुल्झाउन नसकेपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सहित रक्षामन्त्री अचानक नेपाल भ्रमणमा आउन लागेका हुन्। यो भ्रमणको उद्धेश्य एकातिर नेकपाको एकतालाई बचाउनु रहेको छ भने अर्कोतिर नेपालबाट चीन घेर्ने पश्चिमा गतिविधीका बारेमा आफ्नो सुरक्षा चासो नेपाल सरकारसँग राख्नु पनि रहेको रणनीतिक मामिलाका जानकारहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ