arrow

ओली जवाफ तयार गर्दै, प्रचण्डको प्रस्ताव कार्यकर्ताको हातहातमा (पत्रसहित)

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
ncp-meet-mcc-oli-prachanda.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादमा तल्लो तहसम्म पुर्याउने क्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रिन्टेड सामाग्रीहरु कार्यकर्ताको हातमा पठाइएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको जवाफ नदिँदै प्रिन्टेड सामग्री तत्कालै पठाइएको छ । 

कात्तिक २८ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा प्रस्तुत गरिएका प्रचण्डका प्रस्ताव र पत्र तल्ला तहसम्म पुर्याइएको हो । प्रचण्ड पक्षले तीनवटा पत्र र एक प्रस्ताव तल्ला तहमा पुर्याइएको छ । कात्तिक २२ गते सचिवालयका ५ सदस्यले ओलीलाई बुझाएको पत्र, कात्तिक २५ मा ओलीलाई लेखेको पत्र, कात्तिक २८ मा प्रचण्डले ओलीलाई लेखेको पत्र र सोही दिन बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावलाई एकै ठाउँमा छापेर कार्यकर्तामाझ पठाइएका छन् । 

ओली पक्षले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन भनिरहेका छन् । ओली स्वयंले भने मंसिर ३ गतेको सचिवालयको बैठकमा आफूले पनि प्रचण्डको प्रस्तावको प्रतिवादमा प्रस्ताव ल्याउने बताएका थिए । उनले प्रस्ताव लेख्नका लागि १० दिनको समय मागेका थिए । प्रचण्डको राजनीतिक प्रस्तावलाई ओली र उनीनिकट नेताहरूले आरोपपत्रको संज्ञा दिँदै आएका छन् । 

मंगलबार प्रचण्डले राजनीतिक प्रस्तावमा न्यायालय र प्रधानन्यायाधीशमाथि उठाइएको प्रश्नबाट ‘ब्याक’ हटेको संकेतसहित प्रस्टीकरण दिएकाले प्रस्तुत प्रस्तावमा थप प्रस्टीकरण दिएर उनी पछि हट्न सक्ने आँकलन गर्दै प्रधानमन्त्री ओलीले नरम प्रतिवेदन ल्याउने गृहकार्य अगाडि बढाएको निकट नेताहरूको दाबी भएपनि आरोपबारे पूरै खण्डन गर्ने बताइएको छ ।

पछिल्लो स्थायी कमिटी बैठकले एकता प्रस्ताव पारित गर्दै दुवै पदमा निरन्तरता दिँदा पनि ओलीले आफूलाई पार्टीभन्दा माथि सर्वेसर्वा प्रवृत्ति देखिएको भन्दै यसपटक निर्णायक छिनोफानो गर्ने गरी प्रचण्ड समूह अघि बढेकाले उनीहरुले तल्लो तहसम्म सचिवालयमा पेश गरेको प्रस्ताव पठाएको बताइएको छ । 

प्रचण्ड समूहले निरन्तर रुपमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, वर्षमान पुन, जनार्दन शर्मा, रघुजी पन्तलगायतसँग  छलफल गरिरहेको छ । 

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारीविहीन बनाउने प्रयास गरेर सहमति र पार्टी निर्णय कार्यान्वयनमा इमान्दार नदेखिएको भन्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा जोडबल गरेका छन् । 

सोहीअनुसार अर्को बैठक मंसिर १३ गते शनिबारका लागि बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ