arrow

१८ लाख ४८ हजार ठग्ने लामा सार्वजनिक, नागरिकता नलिएका उनीसंग सरकारी छापको लाइसेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २४ सोमबार
thag-lama-new.jpg.jpeg
पाँचथर । लाखौँ रुपैयाँ ठगेर फरार भएका अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फिदिम सहित नाङ्गिनका गरी १० जनाको नगद सहित सुन गरी १८ लाख ४८ हजार ठगेर फरा भएका तेञ्जी छिरिङ भुटिया पक्राउ परेका हुन् ।
 
उनलाई प्रहरीले तनहुँको बन्दीपुर नगरपालिका–१ भानु डुम्रे बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पिछा गर्दै गएको प्रहरीले पोखराबाट काठमाडौं जाने क्रममा सो ठाउँबाट पक्राउ गरेर नगद सहित गरगहना पनि बरामद गरेको छ ।
 
सुन १६ तोला,चाँदी ३ तोला, नगद १ लाख ५८ हजार ३ सय ५०,ल्यापटप १ थान, क्यामेरा १ थान बरामद गरिएको हो । डिएसपी कोइरालाले पीडितहरुले प्रहरीमा दिएको जाहेरी अनुसारकै नगद र गरगहना ठगेको पाइएको बताए । 
 
तर, उनले ३ लाख भन्दा बढी भने करिव ५ दिनमै खर्चिएको पाइएको जानकारी दिइयो । जिल्ला प्रहरी कार्यालयमा पीडितहरु फिदिम नगरपालिका १– कि लक्ष्मी तामाङ ५ लाख ८३ हजार ८ सय, रिञ्जी शेर्पा ४ लाख ५० हजार, दीपक धमला ३ लाख ७  हजार ६ सय ५०, सुजन रिजाल २ लाख ६० हजार २ सय, सुशिला तामाङ गुरुङले ९२ हजार रुपैयाँ ठगिएको भनेकी थिइन् ।
 
यस्तै शान्ता तामाङ, ८३ हजार, सरला रेग्मी नेपाल २३ हजार ५ सय १५, सुकराज रुम्बा २३ हजार ४सय, शोभा शेर्पा १४ हजार र रिग्जेन स्याङबो १० हजार रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख गरेका थिए । जिल्लामा ४ जेठमा भित्रिएका उनले गोम्बा निर्माणमा सहयोग गर्ने जागिर नहुनेलाई लगाई दिने, निसन्तान भएकालाई सन्तान दिलाई दिने, विरामीलाई र धनमालको पनि झारफुक गरिदिने भन्दै धनमाल हात पारेका थिए ।
 
उनी १७ जेठमा फरार भएका हुन् । उनी ठगी मुद्दाकै फरार अभियुक्त भएको खुल्न आएको प्रहरीले जनाएको छ । गत सालको वैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारमा कैद भुक्तान गरिरहेका उनी फरार भएका थिए । केही महिना भारत बसेर फेरी नेपाल आएका उनले उदयपुरको मुर्कुची भन्ने ठाउँका २ घरबाट गरी १५ लाख भन्दा बढि ठगिएको प्रहरीमा उजुरी रहेको डीएसपी कोइरालाले बताए । त्यसअघि पनि नुवाकोटमा ठग धन्दा चलाएका उनलाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको बताइएको छ । उनी विरुद्ध ठगि मुद्दा चलाइने  भएको छ ।
 
यससँगै उनी नेपाली नागरिक नभएपनि चालक अनुमती पत्र पाइएपछि सरकारी छाप किर्ते दस्तखत्मा थप मुद्धा चलाइने कोइरालाको भनाई छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ