arrow

सुरु भयो १५ शैयाको राप्तीसोनारी अस्पताल

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
swastha.jpg

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा १५ शैयाको राप्तीसोनारी अस्पताल उद्घाटन गरिएको छ । आइतबार  एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अस्पतालको उद्घाटन गरे ।

वडा नम्बर ४ मा रहेको बैजापुर स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीति अनुसार गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारुले बताए ।

अस्पतालकारुपमा स्तरोन्नति भएसँगै अब नर्मल सर्जरी सेवा समेत यहीँबाट दिने तयारी अस्पतालले गरेको अस्पतालका प्रमुख डा. गोविन्द प्रसाद थारुले बताए । अस्पतालकारुपमा स्तरोन्नति भएपछि सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउन अध्यक्ष थारुले स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ । सामान्य विरामी हुँदा पनि नेपालगन्ज अथवा कोहलपुर पुग्नुपर्ने बाध्यताको अब अन्त्य भएको अध्यक्ष थारुले बताए । 

बार्षिक करिब २० हजारलाई सेवा दिँदै आएकोमा अब अस्पताल बनेपछि बार्षिक ३० हजारलाई सेवा दिने लक्ष्य लिइएको डा. थारुले बताए ।अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु, ८ नम्बरका अध्यक्ष खुम बहादुर बस्नेत, लेखा अधिकृत गौरब लामिछाने,स्वास्थ्य शाखा प्रमुख,उप- प्रमुख सुरेश शर्मा, शिक्षा प्रमुख लगायत अन्य कर्मचारी र स्थानियहरुको  पनि उपस्थिति थियो । 

अस्पताल उद्घाटनकै दिन आजै रोटरी क्लव अफ सेन्ट्रल बाँकेले गाउँपालिकासँगको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको छ । भेरी अस्पतालका चिकित्सकहरुको उपस्थितिमा रोटरीले शिविर आयोजना गरेको हो ।

भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. संकेत रिसाल, वरिष्ठ सर्जन डा. रुपानन्द अधिकारी, बालरोग विशेषज्ञ डा. कुलदिप गोइत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरी, स्त्रीरोग विशेषज्ञ डा.कुमारसान शाह, छालारोग विशेषज्ञ डा.आर.के. झा, नेत्र सहायक विमल कार्की, डेन्टलका प्रेम डुम्रे लगायतको उपस्थिति रहेको थियो । शिविरबाट ४ सय बढीले सेवा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ