arrow

एडोल्फ हिटलरले जिते चुनाव, भन्छन्–विश्व प्रभुत्वको योजना छैन

logo
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
adolf-hitler-namibia.jpg

काठमाडौं । एडोल्फ हिटलर नामै काफी छ । जर्मन नाजी आदर्शवादका तानाशाह थिए हिटलर । अहिले उनकै नामका एक राजनीतिज्ञ पैदा भएका छन् । नामिबियाका ती राजनीतिज्ञले हालै स्थानीय चुनाव जितेका छन् । एक हप्ताअघि चुनाव जितेका हिटलरले विजयी भएपछि प्रतिक्रिया दिएका छन्, ‘विश्व प्रभुत्वका लागि कुनै योजना छैन ।’

उनी ओमपुन्जा निर्वाचन क्षेत्रका लागि काउन्सिलरमा निर्वाचित भएका हुन् । जर्मन समाचारपत्र बिल्डसँगको कुराकानीमा उनले नाजी विचारधारासँग ‘केही गर्नु छैन’ भनेर प्रतिक्रिया दिए । 

उनी सत्तारुढ स्वापो पार्टीबाट निर्वाचित भएका हुन् । 

उनको नाम उन्नोना भए पनि उनका बाबुले एडोल्फ हिटलर भनेर राखिदिएका थिए । तर उनका बाबु के आधारमा हिटलरको पक्षमा थिए भन्नेबारेमा अहिले केही बुझ्न नसकेको पनि उल्लेख गरेका छन् । 

हिटलरले विश्वलाई आफ्नो वशमा पार्न खोजेजस्तै आफ्नो भने त्यस्तो कुनै योजना नभएको उनले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ