arrow

ओली समूहलाई बामदेव काम भइन्जेल भाँडो, नभएपछि ठाँडो 

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
bamdev-traffic.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले अप्ठेरोमा परेका बेला काँध थाप्दै आएका उपाध्यक्ष बामदेव गौतमलाई अर्घेलो देख्न थालेको छ । शनिबारको सचिवालय बैठकमा ओली पक्षले कार्यदल संयोजक बन्न गरेको प्रस्तावलाई गौतमले अस्वीकार गरेपछि ओली समूहले एकाएक गौतममाथि ‘काम भइन्जेल भाँडो र नभएको ठाँडो’ भनेजस्तै गौतमलाई अहिले ओली पक्षले तिरस्कारको दृष्टिले हेरिरहेको छ । 

ओलीलाई एमालेको अध्यक्ष हुनेबेलादेखि अहिलेसम्म बामदेवले नै ओलीको काँध थाप्दै आइरहेका छन् । तर ओलीले पटक पटक उनलाई धोका दिँदै आइरहेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा बामदेवलाई हराउनेदेखि लिएर पछि फेरि रिक्त स्थानमा चुनाव लड्न नदिनेदेखि राष्ट्रिय सभामा जान समेत ओलीले अप्ठेरो हाल्दै आए । 

राष्ट्रिय सभा सांसद भइसकेपछि पनि उनलाई उपप्रधानसहित सरकारमा लैजान पनि ओलीले चाहेनन् । तर ओलीलाई जताततैबाट अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने दवाव आइरहेका बेलामा बचाउने बामदेव नै थिए । 

यसपालि ओलीले आफूले आफ्नो खुट्टामा बन्चरो हानिरहेका बेलामा बामदेवले काँध थाप्दासमेत पनि केही पार नलाग्ने भएपछि उनी पनि पछि हटेका हुन् । उनले सचिावालय बैठकमा अनावश्यक बोलेर पार्टीलाई अप्ठेरोमा पार्ने योजनामा नलाग्न ओली समूहका नेताहरुलाई चेतावनी दिँदै सूर्य थापालाई प्रेस सल्लाहकारबाट हटाउन दिएको सुझावको समेत गलत अर्थ लगाइएको छ । 

अहिले तिने सूर्य थापाले सामाजिक संजाल फेसबुकमा गौतमको ट्राफिक नियम मिचेको फोटो पोष्ट गरेर बेइज्जत गर्न खोजेका छन् । 

उनले क्याप्सनमा ‘को कस्तो ? तस्बिर काफी छ !’ लेखेका छन् । पार्टीको एक केन्द्रीय सदस्यले पार्टीको उपाध्यक्षमाथि गरेको यो टिप्पणी पाच्य नभएको भनी थापाको आलोचना भएको छ । 

सचिवालय बैठकमा आफूलाई हटाउन दिएको सुझावको आक्रोश थापाले फेसबुकमा राख्न खोजेको देखिन्छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले गोरखापत्र दैनिकलाई केपी ओलीको मुखपत्र बनाइएको समेत आरोप लगाएका थिए । 

नेकपाभित्र ओली र प्रचण्ड–नेपाल पक्षबीच आरोप प्रत्यारोप चलिरहँदा तल्लास्तरका गतिविधिसमेत हुन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ