arrow

राजनीतिक आवरणमा व्यक्ति हत्याको जिम्मेवारी, शिक्षक श्रेष्ठको हत्याको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
biplab-killed-tearcher.jpg

मोरङ। मङ्गलबार बिहान मोरङको मिक्लाजुङ १ बर्खेमा मारिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।  मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै विप्लवका मेची कोशी इन्चार्ज प्रतापले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने, दुख दिने दिने जस्ता ज्यादति गरेको जनाएका छन्।

विज्ञप्तिमा श्रेष्ठलाई सुराकीको आरोप समेत लगाइएको छ। घरबाटै बाँधेर लगी १ किमी पश्चिम पुर्याएर घाँटी रेटेर मारेको प्रहरीको प्रारम्भिक भनाई छ। तर, विप्लव समूहले भने श्रेष्ठ प्रतिकारमा मारिएको बताएको छ। उक्त समूहको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे आफ्नो भनाइ सार्वजनिक गर्दै उनी मारिनुको कारण खोलेको हो। विप्लव समूहले ५४ वर्षीय शिक्षक श्रेष्ठलाई घरैबाट लगेर जंगलमा हत्या गरेको थियो।

श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ।तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए। यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन। यस्तै, प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन। प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँकेर धारिलो हतियारले घाँटी रेटिएको छ।

प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीले झैं व्यक्ती हत्याको राजनीतिमा उनीबाटै अलग भएका विप्लव नेतृत्वको नेकपा संलग्न भएर जिम्मेवारी लिने घटनाले सो प्रवृती दोहोरीने आशंका र शंसय प्रकट हुन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ