arrow

मानव अधिकार आयोगको सम्मान राजभण्डारी तथा पुरस्कार गैरेलाई

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
human-right-nepal.JPG

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने निर्णय गरिएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । 

सम्मानित हुने डा. रेणु अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन् । 

पुरस्कृत हुने अर्का व्यक्ति झलक गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य/प्रदेश संयोजक हुनुहुन्छ । गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ