arrow

‘विप्लव’का सयबढी कार्यकर्ता नेकपामा भित्रिए

logo
रासस,
प्रकाशित २०७७ मंसिर २८ आइतबार
biplab-maobadi.jpeg

काभ्रे। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । काभ्रेपलाञ्चोकमा चन्दका १४५ कार्यकर्ता नेकपामा प्रवेश गरेका  छन्। गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल र बनेपामा दुई कार्यक्रम भएका थिए। धुलिखेलको कार्यक्रममा ७५ र बनेपाको कार्यक्रममा ७० कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।

दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका–१० निवासी ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी  जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घका जिल्लाध्यक्ष भनिएकी सम्झना परियार, पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका जनवर्गीय सङ्गठनका कार्यकर्ता हुन्।

कान्छा तामाङका अनुसार चन्द समूहका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेताकार्यकर्ता  छन् । उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया थालिएको उनले जानकारी दिए। 

गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेताकार्यकर्तालाई नेकपामा प्रवेश गरेका छन्। गत असोज ६ गते पनौतीमै कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने २५ नेताकार्यकर्तालाई सदस्यता प्राप्त गरेका छन्।

गत असोज २६ गते मण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका नगरस्तरीय नेताकार्यकर्तालाई नेकपामा प्रवेश गरे। कात्तिक ६ गते पनौती नगरका  कांग्रेसका ४१ नेताकार्यकर्ता नेकपामा प्रवेश गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ