arrow

सरकारको स्वच्छेचारी प्रवृत्तिका कारण कांग्रेस आन्दोलन गर्न बाध्य : महामन्त्री कोइराला

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
sasanka-koirala-birathnagar.jpg

मोरङ । प्रदेश एकको राजधानी विराटनगरमा मोरङ कांग्रेसले पनि सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ । सभालाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले सरकारको स्वच्छेचारी प्रवृत्तिका कारण कांग्रेस आन्दोलन गर्न बाध्य भएको बताए । 

विरोध सभालाई सम्बोधन गर्दै सरकार गठन भएको साढे तीन वर्षको अवधिमाा सरकारले जनताको पंक्षमा  काम गर्न नसकेको आरोप लगाए । बालुवाटारको जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरणजस्ता धेरै काण्डमा सरकार मुछिएको उनले बताए । 

महामन्त्री कोइरालाले नयाँ भिजन र नयाँ दृष्टिकोण नभएका कारण सरकारले कुनै पनि विकासका ठूला आयोजना ल्याउन नसकेको उल्लेख गरे । सरकारकै संरक्षणमा खुल्ला रुपमै मुलुकमा भ्रष्टाचार भइरहेको उनको आरोप थियो । संगठित भएमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने भन्दै उनले कांग्रेसको आदर्श विचारलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाउनु आफ्नो उद्देश्य रहेको बताए । 

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले जनताको पक्षमा सरकारले काम गर्न नसकेको उल्लेख गरे । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले जनताप्रतिको विश्वास गुमाउँदै गएको बताए । सभामा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, कांग्रेस नेता  भक्तिनाथ माझी, सत्यनारायण भगत, शोभा पालुंगा, विराटनगर महानगरपालिका तरुण दल नगरसभापति  सन्तोष न्यौपानेलगायतले सरकारविरुद्धको आन्दोलन सुरु मात्रै भएको बताए । सरकार नसच्चिए अझै कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

 विरोधसभा अघि नेपाल तरुण दल विराटनगर नगर समितिले मोटरसाइकल ¥याली प्रदर्शन गरेको थियो । मोटरसाइकल याली महानगरका विभिन्न भागको परिक्रममापछि वीरेन्द्रसभा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ