'किसानको आँशु नदेख्ने अन्धो सरकारका कारण मुलुक थप संकटमा'
किसानको आन्दोलनप्रति नेविसंघको एक्यवद्धता
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
817
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाएको छ । मंगलबार नेविसंघ महामन्त्री दिपक भट्टराईको नेतृत्वमा माईतीघर मण्डला पुगि नेविसंघले एक्यवद्धता जनाएको हो । सरकारसँग भएको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि उखु किसान अन्तिम लडाइँ भन्दै काठमाडौंमा आएर आन्दोलन चर्काइरहेका छन् ।
एक्यवद्धता जनाउदै महामन्त्री भट्टराईले भने,'किसान विचौलिया होइन बरू सरकार बिचौलियाले संचालन गरिरहेका छन्। किसानको आँशु नदेख्ने अन्धो सरकारका कारण यो मुलुक थप संकटमा पर्ने भयो।'
नेविसंघ विद्यार्थीहरुले ‘किसानका माग पूरा गर', ‘किसान मार्न पाइँदैन’,‘सरकार किसानलाई बाँच्न देऊ’ लगायतका नारा लगाएका थिए । किसानले रगत पसिना बगाएर उत्पादन गरेको उखु लगेर तीन बर्षदेखि पैसा समेत तिराउन रोहबरमा बस्ने अनि उद्योगीबाट कमिसन खाई किसानलाई पैसा तिर्न नलगाउने किसानमारा सरकारको बिरोधमा उत्रिएको सहभागि विद्यार्थीले बताए ।