arrow

संवैधानिक परिषद् अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्वन्धी अध्यादेशबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ । सरकारले प्रतिपक्ष दलका नेता र सभामुख बिना नै परिषद्को निर्णय बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार दिउँसो १ बजे यस बारेमा औपचारिक रुपमा बैठकबाटै छलफल गर्न लागेको हो । 

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बुधबार दिउसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ । 

बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारी र शीर्ष तहका नेताहरुलाई बेलाइएको छ ।

सरकारले मंगलबार दिउँसो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हतारहतारमा ल्याएको छ । बहुमतका आधारमा निर्णय गर्नका लागि सरकारले हतारमा अध्यादेश ल्याएको हो । 

यसअघि गत आइतबार प्रमुख प्रतिपक्षका नेता देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि सरकारले अध्यादेश ल्याएको हो । मंगलबार बिहान प्रमुख प्रतिपक्षका नेता गए पनि सभामुख नगएपछि दिउँसो अध्यादेश ल्याइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ