arrow

अध्यादेश फिर्ता लिई संसद बोलाउन कांग्रेसको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश तत्काल फिर्ता गरि संसद बैठक बोलाउन माग गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले अध्यदेश फिर्ता सहित तत्काल संसद बैठक माग गरेको हो।

कांग्रेस उपसभपति विमलेन्द्र निधिले बैठकले अध्यादेश फिर्ता सहित तत्काल संसद बैठक बोलाउन माग गर्ने निणर्य गरेको बताए। ‘सरकारले ल्याएको अध्यादेश जुनसुकै हालतम पनि फिर्ता हुनु पर्छ, बैठकमार्फत अध्यादेश फिर्ता र संसद बैठक तत्काल बेलाउन माग गर्ने निणर्य भयो,’ उपसभपति निधिले हाम्राकुरासँग भने।

बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर समेत गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकमार्फत कांग्रेसले भनेको छ।

कांग्रेसले संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी भएको अध्यादेश पश्चात् कुनै पनि निणर्य भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई मान्य नहुने चेतावनी समेत सरकारलाई दिएको छ।

बैठकले काठमाडैंमा आन्दोलनरत उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागिसरकार समक्ष माग गरेको छ।

कांग्रेसले जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न संसदीय दलको बैठक समेत बोलाएको छ। बैठक ३ पुसमा बस्नेछ।



नयाँ