arrow

केपी ओली प्रधानमन्त्रीको रोलक्रम तय गर्दै, बामदेवलाई पालो दिने प्रस्ताव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
bamdev_g.JPG

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आशय व्यक्त गरेर नयाँ कार्ड फालेका छन्। स्थायी कमिटीकै बैठकमा आउदो निर्वाचनबाट गौतमलाई चुनाव जिताएर प्रधानमन्त्री बनाउने नयाँ प्रस्तावको कार्ड प्रयोग गरेका थिए। राष्ट्रियसभाको सांसद भैराखेको बेला ओलीले गौतमतर्फ हेर्दै अबको दिनमा हामी मध्ये समकालिन नेता गौतम नै प्रधानमन्त्री हुन बाँकी हुनुहुन्छ अब उहाँलाई पालो दिनुपर्छ भनेको बैठक स्रोतले जानकारी दियो।

स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको पालो आएको बताएका थिए। ओलीको भनाई उधृत गर्दै ती सदस्यले भने–बैठकको यो अघिल्लो लहरमा बसेका हामी पाँचजना छौं। पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब बाँकी बामदेवजी हो,अब उहाँलाई बनाउँ। चुनावबाट ल्याएर गर्ने कि अघिनै अर्कोतिरबाट ल्याउने हो छलफल गरौं। पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव बसेका थिए।

ओली पक्षले गौतमलाई यही सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिसकेको छ। तर गौतमले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन। ओलीले स्थायी कमिटी बैठकभित्रै वा केन्द्रीय कमिटीको बैठक अघि मन्त्रिपरिषद पुर्नगठन गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतको दावी छ। बुधबारको बैठकमा पनि ओलीले दाहाललाई अघिल्लो बैठकको प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए।

स्थायी कमिटीको बैठक शुरु नहुँदै ओली, दाहाल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वांग, घनश्याम भूषाल र शंकर पोखरेलको संयुक्त बैठक बसेको थियो। बैठक लामो समय चलेको थियो। सो छलफलको क्रममा ओलीले आफू पछि नहट्ने बताइरँहदा छलफलमा सहभागी नेताहरुले हामीहरु कुन बाटो हिडिरहेका छौ सहमतिको बाटो हो कि समाप्तिको हो यसको जवाफ तपाईहरु दुवै अध्यक्षले दिनुपर्छ भनेर प्रश्न गरेपछि ओली गलेका थिए।

त्यसपछि बैठकमा आएका ओलीले शुरुमै घुमाउरो भाषामा प्रचण्डको प्रस्ताव खारेज भैसकेको र भदौ २६को निर्णयलाई अघि बढाइने बताएपछि माधव नेपालले विचमा रोकेर अघिको सहमति यही भएको हो प्रश्न गरेका थिए। त्यसपछि ओलीले अध्यादेश फिर्ता लिने र संसद विशेष अधिवेशनको माग फिर्ता लिने सहमति भएको बताएका थिए।

पार्टीभित्रैबाट आफूलाई अप्ठेरोमा पार्न सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोकिएको बुझाइपछि प्रधानमन्त्रीले एक कदम अघि बढेर अध्यादेश ल्याएका थिए। प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन बाध्य पार्न प्रचण्ड माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन माग गर्दै सांसदको हस्ताक्षर बोकेर शीतलनिवासमा निवेदन भीम रावल पम्फा भूषाल पुगेपछि ओली बाध्य भएर सहमतिको बाटोमा आइपुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ