सेनाविरुद्ध ‘माइक्रोवेभ हतियार’ प्रयोग गरेको चीनको दाबी भारतद्वारा अस्विकार
एजेन्सी,
प्रकाशित २०७७ पुष २ बिहिबार
448
Shares
काठमाडौं। विवादित लद्दाख सीमा क्षेत्रमा चीनले भारतीय सुरक्षाबलविरुद्ध ‘माइक्रोवेब हतियार’ प्रयोग गरेको चिनियाँ प्रोफेसरको दाबीलाई भारतले अस्विकार गरेको छ। चीनले भारतीय सेनाविरुद्ध माइक्रोवेब हतियार प्रयोग गरेको भन्दै झुटा समाचार प्रचार गरेको भारतीय अधिकारीहरुले बताएका हुन्।
रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर जिन क्यान्रंगले बेलायती पत्रिकालाई ‘चीनले हिलटपमा माइक्रोवेब हतियार प्रयोग गरेर २९ अगस्टको राति भारतीय सेनालाई कमजोर पारेको’ बताएका थिए। यद्यपि भारतीय अधिकारीहरुले २९ अगस्टको राति यस्तो कुनै घटना नै नभएको बताएका हुन्। यदि हिलटप चिनियाँ कब्जामा भएको भए किन भारतीयलाई सो क्षेत्र छोड्न चीनले आग्रह गर्दैछ भन्ने प्रश्न समेत भारतीय अधिकारीहरुले गरेका छन्।
माइक्रोवेब हतियारको प्रयोगले पहिचान गर्न नसकिने मष्तिस्किय समस्या उत्पन्न गराउँछ। यसको प्रयोगपछि मान्छे नभएको आवाज सुन्ने, नभएकमो दृष्य देख्ने, वान्ता गर्ने र कमजोर हुने गर्छ।