- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनकुटा । नेपाली कांग्रेस धनकुटाले पुसको पहिलो सातादेखि क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्दै संगठनलाई सशक्त बनाउन कांग्रेसको बिहीबार सम्पन्न जिल्ला समितिको बैठक तथा भेलाले पुस पहिलो सातादेखि क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलेको अध्यक्षतामा सम्पन्न भएको बैठक तथा भेलाले पुस ५ गतेदेखि पुस १४ गतेसम्म क्रियाशील सदस्यताको फारम वितरण र पुस मसान्तसम्म सदस्यता वितरण गरी फारम भरी जिल्ला समितिमा वडा, पालिका तथा क्षेत्रिय समितिले बुझाउने निर्णय गरेको हो ।
पुस ५ गते धनकुटा नगरपालिकामा, पुस ८ गते सागुरीगढी गाउँपालिकामा, पुस ९ र १० गते शहीदभूमि गाउँपालिकामा, पुस ११ गते चौबीसे गाउँपालिकामा, पुस १२ गते महालक्ष्मी नगरपालिकामा, पुस १३ गते छथरजोरपाटी गाउँपालिकामा र पुस १४ गते पाख्रिवास नगरपालिकामा क्रियाशील सदस्यताको फारम वितरण गरी पुस समान्तसम्म सदस्यहरुले क्रियाशील सदस्यताको फारम भरी मातहतका समितिहरुले जिल्ला समितिमा बुझाइसक्नु पर्ने निर्णय भएको कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
उक्त भेला तथा बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री सुनीलबहादुर थापा, केन्द्रीय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई, घनेन्द्रराज श्रेष्ठ, उसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा, विष्णु पौडेल, सुमना तिम्सिना, हर्कमान चेम्जोङ, नेपालधन राई, क्षेत्रिय सभापतिहरु जितेन्द्र राई, इन्दिरा थापा, धनकुटा नगरसभापति रोशन श्रेष्ठ लगायतले आ–आफनो धारणा राखेका थिए ।
सो अवसरमा जिल्ला सचिव राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।