arrow

कांग्रेस नेता तथा सांसद दिव्यमणीलाई मातृशोक, ९० वर्षको उमेरमा टंककुमारी राजभण्डारीको निधन

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
tankakumari-rajbhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीलाई मातृशोक परेको छ। सांसद राजभण्डारीकी आमा टंककुमारी राजभण्डारीको शनिवार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । ९० बर्षिया टंककुमारी केही समयदेखि अस्वस्थ्य थिइन् । 

दोलखा भीमेश्वर नगरपालिका वडा २ स्थायी घर भई हाल काठमाडौं मण्डिखाटार बस्दै आएकी टंककुमारी दोलखाबाट काठमाडौं आइ उद्योग व्यवसायमा नाम कमाएका स्व ईन्द्रमणी राजभण्डारीकी धर्मपत्नी हुन् । समाजसेवामा सक्रिय टंककुमारी द्वाल्खा गुठीका पूर्व अध्यक्ष थिइन् । द्वाल्खा गुठी दोलखाका नेवार समुदायको प्रभावशाली गुठी हो । समाजसेवी टंककुमारीको दुई छोराहरु दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र ३ छोरीहरु उषामिलन कक्षपती, मुन्ना लाकौल, उदया राजभण्डारी छन् । 

स्वर्गीय टंककुमारीको आइतवार विहान हिन्दु धार्मिक विधि अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

हाम्राकुरा डटकमका सदैव शुभेच्छुक रहेकी टंककुमारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकमा रहेका हाम्राकुराका मार्गदर्शक दिव्यमणी राजभण्डारी सहित सम्पूर्ण राजभण्डारी परिवारमा समवेदना व्यक्त गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ