arrow

मन्त्रीपरिषद्ले सिफारिस गरेको संसद विघटन प्रस्ताव गैरजिम्मेवारपूर्ण : कांग्रेसनेता शेखर कोइराला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ५ आइतबार
Sekhar_koirala.jpg.jpeg

काठमाडौं। आइतबार बिहान बसेको मन्त्रिरिषदको बैठकले संसद विघटनका लागि गरेको प्रस्ताव गैरजिम्मेवारी पूर्ण रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्। नेता कोइरालाले भनेका छन्, 'संसद विघटनको सिफारिस असंवैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ ।'

बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेता कोइरालाले राष्ट्रपतिले कुनै पनि हालतमा यो प्रस्ताव स्विकृत गर्ननहुने समेत बताएका छन् । उनले भनेका छन्, 'राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न।'

ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो।

त्यसपछि नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपाका सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । 

बिहीबार उनले त्यसलाई उल्लंघन गर्दै संवैधानिक परिषदको बैठक डाकेका थिए। तत्काल नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड बालुवाटार पुगेर उक्त बैठक रोक्न आग्रह गरेसँगै ओली खुम्चिएका थिए । 

ओलीले तैपनि अध्यादेश फिर्ता लिएनन् । शुक्रबार भने ओली नसुध्रिने भन्दै प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षको छलफल चलाएका थिए।  शनिबार बिहानै प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनको सर्त प्रचण्डले नमानेपछि उनी निराश भएर फर्केका थिए । 
फर्किदा उनले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरुलाई पनि भेटेका थिए । अनि साँझ उनले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । 

उनले पार्टी निर्देशन मान्नुभन्दा पनि आफ्नो सर्वसत्तवादको सोचका कारण संसदको नियमित बैठक बोलाउनुको सट्टा संसद विघटनकै सिफारिस राष्ट्रपतिसमक्ष बुझाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ