arrow

संसद विघटनको सिफारिसप्रति चार मन्त्रीले गरे प्रतिवाद

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
cabinet3.jpg

काठमाडौं । आइतबार आकस्मीक रुपमा डाकिएको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि चार मन्त्रीले प्रतिवाद गरेका छन् ।

संसद विघटनको सिफारिसप्रति असहमति जनाउँदै कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि प्रतिवाद गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा सहमतिका लागि गरेको प्रयास असफल भएको र पार्टीभित्रबाट सहयोग नभएको भन्दै ओलीले संसद विघटनको सिफारिस गर्ने भनेपछि मन्त्रीहरुले आफ्नो धारणा राखेका थिए ।

सुरुमा कृषिमन्त्री भुसालले संसद विघटनको विरोध गरेका थिए । त्यस्तै पर्यटनमन्त्री भट्टराईले संसद विघटनप्रति आपत्ति जनाउँदै पार्टीभित्र संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

अर्का मन्त्री पुनले संसद विघटनको बाटोमा नजान सुझाव दिए भने, परराष्ट्रमन्त्री ज्ञवालीले ‘संसद विघटन गर्दा संवैधानिक, राजनीतिक हैसियत के हुन्छ, यसबारे विचार गर्नुपर्छ’ भनेका थिए ।

ती मन्त्रीहरुले संसद विघटन गरेर निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असैवधानिक हुने भनेर प्रतिक्रिया राख्दाराख्दै ओली भने उठेर हिंडेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ