arrow

जसपाबाट संसद विघटनको भत्सर्ना प्रतिवादमा उत्रन आब्हान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ५ आइतबार
janata-samajwadi-party.jpg

काठमाडौं। संसद्को तेश्रो ठूलो दल जनता समाजवादी पार्टीले सरकारले गरेको संसद विघटनको सिफारिसको कडा निन्दा र भत्र्सना गरेको छ। संसद् विघटनबाट संविधानले दिएको लोकतन्त्र,गणतन्त्र र संघीयताको उपलब्धी समाप्त  पार्ने खेल भएको भन्दै लोकतन्त,गणतन्त्र तथा संघीयताको उपलब्धी जोगाउन पार्टीले सबैलाई आब्हान गरेको छ। संसंद विघटनको पतिबाद गर्न पनि पार्टीका नेताहरुले आब्हान गरेका छन्।

‘सरकारले लोकतन्त्र,गणतन्त्र तथा संघीयताको उपलब्धी समाप्त गर्ने दिशामा अघि बढेको छ। सरकारको उक्त निर्णयको प्रतिबादमा उत्रन हामीले सबैलाई आब्हान गरेका छौ’प्रतिनिधि सभा सांसद,जसपाका कार्यकारी सदस्य तथा तकालिन समाजवादी पार्टीका महासचिव रामहयाय यादवले भने, अब लोकन्त्र र संघीयता पक्षधर शक्ति एक ठाउमा आउन आवश्यक भएको छ।’

प्रधानमन्त्रीले ससद विघटनको सिफारिश गरे लगत्तै जसपाका वरिष्ठ नेताहरुले अनौपचारिक छलफल गरेका थिए। छलफल पछि केही बेरमै जसपाले औपचारिक विज्ञप्ति निकाल्ने भएको पार्टीका नेताहरले जनाएका छन्। विज्ञप्तिमा संसद विघटनको विरुद्ध प्रतिबादमा उत्रन कार्यकर्तालाई आब्हान गरिने भएको छ।

गत वैशाखमा मात्र तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच एकीकरण भइ जनता समाजावदी पार्टी गठन गरिएको थियो। पार्टी एकीकरण पछि उक्त पार्टी संसद्मा तेश्रो ठूलो पार्टी भएको छ। संसदमा जसपाका निलम्बित दुई सांसद हरिनारायाण रौनियार रेशम चौधरी सहित ३६ जना सांसद छन्। प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरे लगत्तै जसपाका संघीय परिषदका् अध्यक्ष डा.बाबुराम भट्टराइले संसद विघटनको सिफारिशको भत्सर्ना गर्दै उक्त सिफारिशको विरुद्ध प्रतिबादमा उत्रन आब्हान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ