arrow

ट्रेड युनियन कांग्रेसको प्राविधिक विज्ञ सल्लाहकार मनोनीत

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
ntsu.PNG

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न विषयगत प्राविधिक विज्ञ सल्लाहकारहरु मनोनीत गरेको छ । युनियनको मंसिर १९ र २० गते बसेको कार्य सम्पादन समिति बैठकको निर्णयले मनोनीत सल्लाहकारहरुलाई आइतबार एक कार्यक्रमकाबीच मनोनीत गरेको पत्र प्रदान गरेको हो ।

मनोनीत हुनेमा डा. मुक्ति श्रेष्ठ-स्वास्थ्य, मोहन ज्ञवाली-शिक्षा, विजय स्वाँर- औद्योगिक सम्बन्ध, अधिवक्ता लक्ष्मी रावल- जेन्डर, शिशिरकुमार झा- श्रम तथा रोजगार, खगेन्द्र खत्री- संचार, सुवर्ण कर्माचार्य-मानव अधिकार तथा ट्रेड युनियन, चन्द्र ढकाल- सहकारी रहेका छन् ।

विश्व श्रम बजार र कामको संसारमा भईरहेको परिवर्तनलाई मध्यनजर गरि युनियनलाई समय सापेक्ष प्राविधिक, शैक्षिक र सुदृढीकरण गरि श्रमिकको हकअधिकार सुनिश्चित गर्न विज्ञहरु मनोनीत गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ