arrow

संसद् विघटनको विरुद्धमा कांग्रेसको विराटनगरमा प्रदर्शन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष ५ आइतबार
tarun-aandolan.PNG

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको घोषणा भएसँगै कांग्रेस आन्दोलित बनेको छ । नेपाली कांग्रेसले सङ्घीय व्यवस्थापिका संसद् विघटनको विरुद्धमा आईतवार विराटनगरमा प्रदर्शन गरेको हो ।

प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की लगायत नेताहरूको उपस्थितिमा विराटनगरमा प्रदर्शन भएको हो । संसद् विघटन फिर्ता गर, केपी ओलीको तानासाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावादको नारा लगाउँदै कांग्रेस सडकमा आएको हो ।

नेपाली जनताको सपना र मत माथि कुठाराघात गरेको भन्दै आन्दोलन गरेको नेता केदार कार्कीले बताए । नेपाली जनताले स्थायी सरकार बनाएर देश विकास गर्न दिएको मत देश विनाशमा प्रयोग भएको भन्दै कार्कीले आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ