arrow

संसद विघटन खारेजीको माग गर्दै नेकपाकै नेताहरुले हाले सर्वोच्चमा रीट

११४ सांसदको हस्ताक्षर सहितको पत्र पनि बुझाइयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ७ मंगलबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । संसद विघटन खारेजीको माग गर्दै नेकपाका १ सय १४ सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

नेकपाबाट प्रतिनिधि सभातर्फ सांसद तथा प्रमुख सचेतक देव गुरुङको नेतृत्वमा सांसदहरु कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री सहित सांसदहरु १ सय १४ सांसदको हस्ताक्षर लिएर संसद विघटन खारेजीको माग गर्दै मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन् ।  

नेकपाकी सांसद झाँक्रीले असंवैधानिक तथा अलोकतान्त्रिक कदम रोक्न मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालतमा रिट दायर गरिएको जानकारी दिइन । रिटमा संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । रिटमा सो कदम नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस भनी माग गरिएको छ । 

‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट बन्चित भएका छौं ।’ दायर रिटमा भनिएको छ । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ