arrow
ADVERTISEMENT

कांग्रेसले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी मनाउने

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसले  राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।  बुधबार बसैको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मुख्य सचिव  कृष्णप्रसाद पौडेलले बताए ।

केन्द्रीय कार्यसमितिको बैठक पुनः बिहिबार ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर के.सी., आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ