arrow

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा नै सरकार बिरुद्ध प्रदर्शन गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ९ बिहिबार
nc-party-building.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा १३ पुसमा देशव्यापी विरोध प्रदर्शन गर्ने निणर्य गरेको छ। कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बसिरहेको केन्द्रिय समिति बैठकले संसद विघटन गर्ने सरकारको अधिनायकवादी, संविधान विपरित र अलोकतान्त्रिक कदमको १ सय ६५ निर्वाचन क्षेत्रमा नै विरोध प्रदर्शन गर्ने निणर्य गरेको हो।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले १ सय ६५ निर्वाचन क्षेत्रमा नै विरोधका कार्यक्रम गर्ने बैठकले निणर्य गरेको जानकारी दिए। उनले कांग्रेसले सरकारको निरंकुश कदमका बिरुद्ध थप कार्यक्रम समेत ल्याइने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ