बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ अनिवार्य
एएफपी,
प्रकाशित २०७७ पुष १० शुक्रबार
363
Shares
वासिङ्टन। अमेरिकी अधिकारीहरुले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन्। बेलायतमा कोभिड–१९ को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन्। कोभिड–१९ को नयाँ संस्करण निकै संक्रामक रहेको वैज्ञानिकहरुको भनाई छ।
नयाँ नियम सोमबारदेखि लागू हुनेछ। बेलायत प्रस्थान गर्नु ७२ घण्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ। नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन्।
बायोएनटेकले कोरोनाको नयाँ संस्करणलाई पनि आफूहरुले विकास गरेको खोपले काम गर्ने सम्भावना रहेको बताएको छ।