arrow

संसद विघटनको निर्णयमा सर्वोच्चद्धारा सरकारका नाममा कारण देखाउ आदेश

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
supreme-court-news.jpeg

काठमाडौं । संसद विघटन सम्वन्धि परेका रिट माथी सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

संसद विघटन सम्वन्धि १४ वटा रिटमाथी सर्वोच्चमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा भएको संवैधानिक इजलासको सुनुवाइपछि संसद विघटनमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो ।    

सर्वोच्चले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न पनि आदेशमा भनेको छ ।

शुक्रबारको संवैधानिक इजलासमा प्रधानन्यायाधिशसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ