arrow

चिनियाँ राजदूत यान्छी फेरि नेकपाका नेताको दैलोदैलोमा, नेपाल र महरासँग भेट

प्रचण्ड र पुनसँग पनि भेटिन् यान्छीले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १० शुक्रबार
chinese-ambassdor-mahara.jpg

काठमाडौं। नेकपा औपचारिक रुपमा अलग अलग कित्तामा उभिएर कानुनी लडाईमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी फेरि सक्रिय भएकी छिन् । उनले राजनीतिक भेटघाटलाई फेरि तीव्र बनाएकी छिन् ।

नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले बताएका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले शुक्ववार नै पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता गरेकी छिन्। चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । 

नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।

यसअघि चिनियाँ राजदूतले नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुनसँग समेत भेटवार्ता गरेकी थिईन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ