arrow

संसद विघटन विरुद्ध जसपाको काठमाडौंमा प्रदर्शन 

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
jananta_samajwadi.jpg

काठमाडौं । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल(जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शनमा शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता थियो ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ