arrow

संसद विघटनबिरुद्ध कांग्रेसको सोमबार देशभर प्रदर्शन

देउवा भक्तपुर, पौडेल तनहुँ, गगन नेपालगंजको प्रदर्शनमा सहभागी हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १२ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा विघटनको बिरुद्धमा पुष १३ गते नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । कांग्रेसले सम्वन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारहरुलाई नै आआफ्नो निर्वाचन क्षेत्रमा हुने बिरोध कार्यक्रममा सहभागि हुन निर्देशन गरेको छ ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा भने मंगलबारको प्रदर्शनमा भक्तपुरमा सहभागि हुने छन् । उनी कार्यव्यस्थताका कारण गृह जिल्ला डडेलधुरा नजाने भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सभापति देउवाले भक्तपुर क्षेत्र नम्बर २ को बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिए ।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनमा सहभागि हुने छन । उनी आजै त्यसतर्फ लागेका छन ।

यसैगरी महामन्त्री डा. शशांक कोइराला नवलपरासीबाट प्रदर्शनमा सहभागी हुने छन् । उनी आफ्नै निर्वाचन क्षेत्र नवलपरासी १ बाट प्रदर्शनमा सहभागी हुने भएका हुन ।

सहमहामन्त्री डा प्रकाशसरण महत काठमाडौं ५ बाट प्रदर्शनमा सहभागी हुने छन । यस्तै केन्द्रीय सदस्य गगन थापा नेपालगंजबाट विरोध प्रदर्शनमा सहभागी हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ