arrow

संसद विघटनविरुद्ध देशभर उत्रियो कांग्रेस, बानेश्वर, कलंकी र कोटेश्वरमा विशाल प्रदर्शन

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
NC-KTM.jpg

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभा विघटनको बिरोधमा देशभर प्रदर्शनमा उत्रिएको छ । देशभरका १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कांग्रेसले एकै साथ संसद विघटनको विरोध गरिरहेको छ ।

काठमाडौं क्षेत्र नम्त्रर १ मा पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रदर्शनसँगै सडकमा निस्किएका छन । उनी नेतृत्वको प्रदर्शन बानेश्वरमा गएर सभा सहित टुंगिनेछ ।

यस्तै काठमाडौं २ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनको नेतृत्व गरिरहेका छन । त्यहाँ सो क्षेत्रबाट प्रतिनिधि सभा तर्फ उम्मेदवार बनेका दिपक कुँइकेल समेतको नेतृत्वमा कार्यक्रम जारी छ । काठमाडौं २ को प्रदर्शन कोटेश्वरमा पुगेर विरोध सभामा परिणत हुँदैछ ।

काठमाडौं ३ मा संसद विघटन बिरुद्ध सो क्षेत्रबा सांसद बनेकी नेतृ अम्बिका बस्नेतको नेतृत्वमा प्रदर्शन भइरहेको छ । यसैगरी काठमाडौं ४ मा विरोध प्रदर्शनको नेतृत्व सांसद दिव्यमणीराज भण्डारी र क्षेत्रीय सभापति राजु श्रेष्ठले गरिरहेका छन । सो क्षेत्रको प्रदर्शन नारायणचौर नक्साल पुगेर टुंगिने छ ।

काठमाडौं ५ मा कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतको नेतृत्वमा प्रदर्शन निस्किएको छ भने क्षेत्र नम्बर ६ को प्रदर्शन सांसद भीमसेनदास प्रधानले गरिरहेका छन । सो क्षेत्रको विरोध प्रदर्शनपछिको सभा मनमैजुको लोकतान्त्रि चोकमा हुँदै छ ।

यसैगरी काठमाडौं ७ को प्रदर्शन नयाँबजार, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे पुगेर विरोध सभामा परिणत हुँदैछ । सो क्षेत्रमा क्षेत्रीय सभापति मुकुन्द रिजालले प्रदर्शनको नेतृत्व गरिरहेका छन ।

काठमाडौं ८ को नेतृत्व नेता नविन्द्रराज जोशीले गरिरहेका छन । यस्तै काठमाडौं ९ को नेतृत्व ध्यान गोबिन्द रन्जितले गरिरहेका छन । सो क्षेत्रको विरोध प्रदर्शन कलंकीमा गएर टुंगिदैछ । काठमाडौं १० को प्रदर्शनको नेतृत्व राजेन्द्र केसीले गरिरहेका छन ।

सरकारबाट संसद विघटनको निणर्य भएलगत्तै पदाधिकारी बैठक बसेर संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको थियो । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा हुने कार्यक्रमको नेतृत्व गर्न सम्वन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारहरुलाई नै निर्देशन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ