arrow

प्रचण्ड-माधव नेतृत्वको नेकपाद्वारा बिर्तामोडमा मसाल जुलुस

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ पुष १३ सोमबार
masal-julus-birtamodh.jpg

झापा । झापाको विर्तामोडमा प्रचण्ड-माधव नेतृत्वको नेकपाले सोमबार साँझ मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै उक्त समुहले विरोध प्रदर्शन गरेको हो ।

प्रचण्ड-माधव नेतृत्वको नेकपा समर्थकहरुले मसाल जुलुससहित बिर्तामोड परिक्रमा गरेका थिए । जुलुसमा सहभागी प्रदर्शनकारीहरुले नेकपा जिन्दावाद, केपी तेरो पाराले, दुख पाए साराले लगायतका चर्का नारा लगाएका थिए ।

मंगलबार १४ गते देशव्यापी विरोध कार्यक्रम तय गरेको उक्त समुहले कार्यक्रमको पुर्व सन्ध्यामा विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको जुलुसमा सहभागिले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ