arrow

अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् – गगन थापा (भिडियोसहित)

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष १४ मंगलबार
gagan-thapa4.JPG

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भनी कामना गरेका छन् । नेपालगञ्जमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्नुभयो । राष्ट्रपतिले सदर गर्नुभयो । दुईवटा संस्था अपराधमा साझेदार भइसकेपछि अब हाम्रो अपेक्षा अदालततिर छ ।  हामीले अदालतसँग अपेक्षा गरेका छौं । माग गरेका छौं र मर्यादित ढङ्गबाट के राख्न चाहन्छौं भने अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् । विवेकको हत्या नहोस् ।’

संविधानसभाको निर्वाचनदेखि लगातार दुई पटक प्रतिनिधिसभाको साक्षी बसेर नेपालको संविधान लेख्न महत्वपूर्ण भूमिका खेलेका थापाले ‘संसद विघटन हाम्रो संविधानले कल्पनै गर्न नसकेको कुरा भएको बताए । उनले भने, ‘राजनीतिक कर्म गर्दै यो घटना होला भन्ने अनुमान थिएन । सर्वोच्च निकायमा बसेकाको मनसाय के होला भन्ने अड्कल लगाउन सकिएन ।’

उनी अगाडि भन्छन्, ‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर, व्याख्या गरेर संसद विघटन गर्नुभयो । संसद विघटनको सिफारिसपछि राष्ट्रपतिलाई अनुरोध गर्यो, सार्वजनिक आह्वान गर्यो राष्ट्रपति संविधानको पालना गर्ने, संरक्षण गर्ने र कार्यकारीले संविधानलाई उल्लंघन गर्यो भने त्यो बेलामा रोक्ने जिम्मेवारी पनि संविधानले दिएको लिएर बसेको मान्छे । राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्नुभएन । सम्मानित अदातलमा यो मुद्दामा बहस हुँदै गर्दा पक्ष–विपक्षमा सबैले आफ्नो ब्याख्या गरिरहेका छन् । ब्याख्या गर्दै गर्दा हाम्रो धारणा के त भनेर हामीले राखिसकेका छौं । यो स्वभाविक हो । प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्नुभयो । राष्ट्रपतिले सदर गर्नुभयो । दुईवटा संस्था अपराधमा साझेदार भइसकेपछि अब हाम्रो अपेक्षा अदालततिर छ ।’

भिडियो–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ