arrow

संसद विघटन बिरुद्ध प्रचण्ड-माधव समूहको देशव्यापी शक्ति प्रदर्शन 

काठमाडौंमा ५० हजार प्रदर्शनकारी उतारिंदै

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
nepal-prachanda.jpg

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले मंगलबार(आज) संसद विघटनको बिरोधमा देशभर प्रदर्शन गर्दैछ ।

काठमाडौं उपत्यकाका केही स्थानमा भने प्रदर्शनकारीहरु सडकमा निस्किसकेका छन । केही स्थानमा तयारी हुँदैछ ।

प्रचण्ड-माधव नेकपाका प्रभावशाली नेता भीम रावलले देशभर विरोध प्रदर्शनको तयारी व्यापक भइरहेको र केही स्थानबाट प्रदर्शन निस्किएको जानकारी आएको बताए ।

नेकपाले उपत्यकामा विभिन्न आठ स्थानबाट सरकार बिरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौंमा मात्रै ५० हजार प्रदर्शनकारी उतार्ने गरी उनीहरुले तयारी गरिरहेका छन ।

काठमाडौंमा नक्साल, नयाँ बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीबाट जुलुस निस्किंदै छ । ति स्थानहरुमा सडकमा प्रदर्शनकारीहरु प्ले कार्ड र झण्डा सहित जम्मा भइसकेका छन ।

ति विभिन्न आठ स्थानबाट निस्किने जुलुससहितको प्रदर्शन भृकुटीमण्डपमा आएर बिरोध सभामा परिणत हुनेछ । भृकुटीमण्डप अगाडी मुख्य सडकमा विरोध सभाका लागि मञ्च बनाइएको छ ।

विरोध सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ