arrow

केपी ओली एण्ड प्रवृतीको आयू पुग्यो : माधवकुमार नेपाल

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
madhav-kumar-nepal2.jpg

काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली एण्ड प्रवृतीको आयु पुगेको बताएका छन । मंगलबार काठमाडौंमा भएको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली एण्ड प्रवृतीको आयू सकिएको बताए ।

‘अब केपी ओलीको र उनको प्रवृतीको आयू सकियो,’ बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले भने ।  अध्यक्ष नेपालले ओलीले गरेको संसद विघटन पुर्नस्थापना भएरै छाड्ने बताए ।  ‘संसद पुर्नस्थापना हुन्छ, हुन्छ, हुन्छ’  नेपालले भने ।

केपी ओलीले एकै दिनमा धेरै खेल खेल्ने गरेको भन्दै नेपालले बामदेव गौतम, आफू र प्रचण्डलाई भुलाउन उनले पटक पटक प्रयास गरेको तर आफूहरु त्यो ललिपपमा नभुलेको उल्लेख गरे  ।

सो क्रममा नेपालले ओलीमा राजा .ज्ञानेन्द्रको जस्तै प्रवृती देखिएको र नेपालको इतिहासको पाइलालाई पछाडी धकेल्न खोजेको बताए । तर देश अब कुनै हालतमा पछाडी फर्कन नसक्ने उनले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ