arrow

केपी ओलीले कलंकको टिका लगाए : प्रचण्ड

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
prachanda5.JPG

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीबाट संविधानमाथी निर्मम प्रहार भएको र उनले इतिहासमा नै कलंकको टिका लगाएको बताएका छन ।  काठमाडौंमा मंगलबार संसद विघटनको बिरोधमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरु कसैबाट नभएको निर्मम प्रहार संविधानमाथी ओलीले गरेको बताए ।

उनले ओलीले संविधानमाथी हुँदै नभएको बाटोबाट संसद विघटन गरेको बताए । तर संसद विघटन भने नभएको केवल केपी ओलीको सरकारमात्र विघटन भएको अध्यक्ष दाहालको दाबी छ ।  ‘हामी माननीय सदस्यहरु अहिले पनि जिउँदो छौं, संसद विघटन भएको छैन, केपी ओलीले इतिहासमा कलंको टिका लगाएका छन, इतिहासले कहिल्यै भुल्ने छैन,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना र मर्मलाई बुझ्ने अपेक्षा लिएको समेत बताए ।  उनले अहिले भइरहेको आन्दोलन टेलर मात्रै भएको भन्दै निरंकुशता र प्रतिगमनका पुजारीहरुलाई आन्दोलनबाट जनताले बडारेर छाड्ने बताए ।

केपी ओलीले विगत एक वर्ष देखि नै लोकतन्त्रमाथी प्रहार गर्न थालेको र संविधान र पार्टीका निर्णयलाई बेवास्ता गर्दै अघि बढेको बताए ।  पार्टी एकतापछि राजनीतिक स्थायित्व हुनेछ भन्ने अपेक्षा आफूले लिएको र सोही अनुसार एकतामा जोड दिएको तर आफूले नै अघि सारेका प्रधानमन्त्रीबाट संविधान र गणतन्त्रमाथी प्रहार भयो भन्दा जनतासँग क्षमा याचना गर्नु पर्ने अवस्था आएको बताए ।

‘ओली गणतन्त्रको पक्षमा नभएको , उहाँमा बयलगाडावाला सिद्धान्त भएको मलाइ थाहा थियो, संघियता, धर्म निरपेक्षता बिरोधी भन्ने पनि थहा थियो, त्यती हुँदाहुँदै पनि मैले एकतामा जोड दिंए,  अब आँधि आयो हुरी आयो भनेर भने मैले पनि मान्दिए, तर उहाँ प्रतिगमनकारी ठाउँमा नै हुनुन्छ भन्ने अहिले देखियो ।’

केपी ओली विचारमा पनि स्खलित भइसकेको, मास्कवाद लेलिनवावको विचारबाट पनि विचलिनत भइसकेको र पार्टी फुटाउने योजनामा निरन्तर लागेको अध्यक्ष दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ