arrow

'केपी ओली राजनीतिबाट पत्तासाफ हुनेवाला छन्'

उनीमा बयलगाडावाला सिद्धान्त भएको मलाइ थाहा थियो

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
oli-prachanda-final.jpg

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको राजनीति पत्ता साफ हुने अवस्था आएको बताएका छन । उनले आफूले आफैंलाई अरुको गोटी बनेर श्री ३ महाराज बनाउन लागेकाले उनको राजनीति बैशाखबाट अघि नबढ्ने दाबी गरे ।  ‘केपी ओली नेपालको राजनीतिबाट पत्ता साफ हुने वाला छन,  उनी अरुको गोटी बनेर चल्न खोजिरहेका छन, आजको नेपालमा श्री ३ बन्छु भनेर हुन्छ ?,’ सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने ।

केपी ओलीमा गणतन्त्र विरोधी र बयलगाडावाला सिद्धान्त रहेको आफूलाई पहिले देखि नै जानकारी भएको भन्दै अध्यक्ष प्रचण्डले गणतन्त्र, संघियता र धर्मनिरपेक्षता पक्षधर नभएको थाहा हुँदाहुँदै पनि हावा हुण्डरीको भाषापछि आफूहरुले मानिदिएको बताए ।  ‘हावा आयो, हुरी आयो अब मान्दिएँ भनेर मनले नमाने पनि मुखले ओलीले भने, उनले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेपछि मैले पनि पत्याएँ र पार्टी एकता तिर लागें, तर ओली सच्चिएका रहेनछन, उनी प्रतिगमनकारी नै रहेछन भन्ने अहिले फेरी थाहा भयो,’ अध्यक्ष दाहालले भने ।

७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको तर बलिदान र संघर्षबाट बनेको संविधानलाई आफूहरुले नै बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर जनतासँग माफि माग्नु पर्ने अवस्था आएको बताए ।

अध्यक्ष प्रचण्डले अरु कसैबाट नभएको निर्मम प्रहार संविधानमाथी ओलीले गरेको बताए । उनले ओलीले संविधानमाथी हुँदै नभएको बाटोबाट संसद विघटन गरेको बताए । तर संसद विघटन भने नभएको केवल केपी ओलीको सरकारमात्र विघटन भएको अध्यक्ष दाहालको दाबी छ ।  ‘हामी माननीय सदस्यहरु अहिले पनि जिउँदो छौं, संसद विघटन भएको छैन, केपी ओलीले इतिहासमा कलंको टिका लगाएका छन, इतिहासले कहिल्यै भुल्ने छैन,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना र मर्मलाई बुझ्ने अपेक्षा लिएको समेत बताए । उनले निर्वाचन आयोगलाई समेत सही निर्णय गर्न आग्रह गरे ।  उनले अहिले भइरहेको आन्दोलन टेलर मात्रै भएको भन्दै निरंकुशता र प्रतिगमनका पुजारीहरुलाई आन्दोलनबाट जनताले बडारेर छाड्ने बताए ।

केपी ओली विचारमा पनि स्खलित भइसकेको, मास्कवाद लेलिनवावको विचारबाट पनि विचलिनत भइसकेको र पार्टी फुटाउने योजनामा निरन्तर लागेको अध्यक्ष दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ