arrow

ओलीको कदम विरुद्ध जनकपुरमा प्रदर्शन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १४ मंगलबार
janakpur-ncp.JPG

जनकपुर । जनकपुरमा प्रचण्ड-माधव पक्षधर नेकपा समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध प्रदर्शन गरेको छ । मंगलबार धनुषामा विरोध गर्दै प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देशव्यापी विरोधका कार्यक्रम अनुरुप धनुषामा पनि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेता रामचन्द्र मण्डल, श्रवण यादव बरबरिया, सत्रुधन महतो, बोधमाया यादव, रत्नेश्वर लाल गोइत, शहिदनगरका मेयर उदय बरबरिया यादव सहितका नेता रहेका थिए । रेल्वे स्टेशनवाट सुरु भएको विरोध र्‍याली सिताचोक, मिल्सएरिया, भानुचोक कदमचोक, मुरलीचोक हुदै पुनः रामचोक, जनकचोक र शिवचोक हुँदै रेल्वे स्टेशनमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जनकचोकमा पुगेको र्‍यालीलाई केन्द्रिय नेता गणेश साहले सम्बोधन गर्दै केपी शर्मा ओली र तत्कालिन जननेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी मिलेर देशमा संवैधानिक 'कु' गरेको बताए । नेता साहले राजा महेन्द्रले 'कु' गर्दा जनकुपुरवासीले बम पड्काएर जवाफ दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पनि जवाफ दिनुपर्ने चेतावनी दिए ।

नेता यदुवंश झाले मुरलीचोक, श्रवण बरबरियाले भानुचोक, मिल्स एरियामा सत्रुधन महतो, रामचोकमा श्री प्रसाद साह र्‍यालीलाई सम्बोधन गरेका थिए ।  र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री ओली  विरुद्ध चर्को नारावाजी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ