- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनप्रति असन्तुष्टी जनाएका छन् ।
तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् घुमाउरो पारामा उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन ।
‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ ।’ उपराष्ट्रपति पुनले भनेका छन्, ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उनको भनाइ छ ।
‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ ।’ उनले भनेका छन, उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।’