arrow

प्रचण्डसँगको सम्झौताले ब्रिफकेस भरियो: ओली

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
KP-OLI-N.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँगको सम्झौताले एउटा ब्रिफकेस नै भरिएको दाबी गरेका छन ।

बुधबार काठमाडौंको कार्की बैन्क्वेटमा आयोजित सुदुरपश्चिमका नेता कार्यकताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले पार्टी एकताका लागि प्रचण्डसँग पटक पटक सम्झौता गरेको दाबी गरेका हुन् ।

‘प्रचण्डसँग कति सम्झौता गर्ने ?, मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ, पार्टी एकता जोगाउन पटक पटक सम्झैता गरें,’ ओलीले सम्बोधनका क्रममा भने ।

सम्बोधनका क्रममा ओलीले बाँदरले अफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउँने भन्दै प्रचण्डलाई व्यंग्यात्मक प्रहार गरे ।

‘बाँदरले कहि घर बनाएको देख्नु भएको छ , बनाउँदैन भत्काउँछ,’ सहभागीतर्फ प्रश्नात्मक शैलीमा धारणा राख्दै ओलीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ